पोखरा, फागुन २३ गते । नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ ।पोखरा महानगरपालिकामा कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान सुरु भएको छ । पोखरा महानगरपालिका ३३ वटै वडामा यो अभियान आइतबारदेखि सुरु भएको हो । पोखरा महानगरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ बजारमा पोखरा ८ निवासी ९९ वर्षीय गौबहादुर गुरुङलाई खोप लगाएर अभियान सुरु गरिएको हो ।
दोस्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको साथै पहिलो चरणको खोप अभियानमा खोप लगाउन छुटेकालाई पनि लगाइने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । खोप अभियान फागुन २९ गतेसम्म चल्नेछ ।
पोखरामा २७ हजार ८ सय २८ जना ज्येष्ठ नागरिक रहेको र उहाँहरुलाई फागुन २९ गतेसम्म खोप लगाइने भएकोछ । पहिलो चरणमा खोप लगाउन छुटेकाहरुले समेत दोश्रो चरणमा खोप लगाउन पाउने छन् ।
यसैवीच पहिलो चरणमा प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका पोखरा महानगरका प्रमुख मानबाहदुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले समेत शहरी स्वास्थ्य केन्द्र पुगेर खोप लगाउनु भएको छ ।