पोखरा, फागुन २५ गते ।पोखरा महानगरपालिकाले बुधबार सार्वजनीक विदा घोषणा गरेको छ । महानगरपालिका मातहतका कार्यालयहरु बुधबार बन्द रहने सुचना जारी गरेको छ ।
फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार फागुन २६ गते महागनरपालिका कार्यालय मातहतका कार्यालयहरुमा विदा दिने निर्णय गरिएको छ । पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगरले विदा दिने निर्णय गरेको हो ।
पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरी मनाउने भएपछि विदा घोषणा गरेको हो । कर्मचारीहरु विहान आठ बजे पोखरा महानगरपालिकाबाट सुरु हुने प्रभावफेरी र औपचारीक कार्यक्रम भने सहभागी हुनुपर्ने छ भने कार्यालयहरु बन्द रहने छन् ।
पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको पाँच वर्ष पुरा भएको छ । २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो ।
महागनरले स्थापना दिवस त्रिदवसीय कार्यक्रम आयोजना गरेको छ । सोमबार जनप्रतिनिधिर कर्मचारीवीच फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।