पोखरामा असिना पानी तरकारी बालीमा क्षती

पोखरा, फागुन २६ गते । पोखरामा असिना पानी परेको छ । आज दिउसो परेको असिना पानीले किसानले लगाएको खेतीमा क्षती पुगेको छ । करिव एक घण्टा आएको असिना पानीले पोखरा महानगरपालिका वडा नम्वर २२ र १७ का किसानले लगाएको तरकारी लगायत अन्य बालिमा क्षती पुगेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार काउली, बन्दा, लसुन, प्याज, मकै, सिमि, बेमौसमी लहरे बाली, सुन्तला आदिमा क्षति पुगेको छ । उहाँले किसानलाई असिना छेक्ने जाली प्रयोग गरप् आफुले लगाएको बाली सुरक्षित गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले अब हुने खेतिको बाली बिमा समेत आग्रह गर्नुभएकोछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...