पोखरा, फागुन २८ गते । नेकपा एमाललेको केन्द्रीय कमिटि बैठक बोलाएको छ । चैत १ गते केन्द्रीय कमिटि बैठक बोलाएको हो । एमाले र माओबादी केन्द्रवीचको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि चार वर्षपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटि बैठक बोलाइएको हो ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बताउनुभयो। सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन् । बैठक प्रधामन्त्री निवास बालुटारमा बोलाइएको छ ।
केन्द्रीय कमिटी बैठकमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित २४१ केन्द्रीय सदस्यलाई बैठकका लागि आमन्त्रण गरिएको छ । यता असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाए मात्र उपस्थित हुने बताएका छन् । अध्यक्ष ओलीले भने प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बोलाउनु भएको छ । माधव नेपाल पक्षको केन्द्रीय कमिति र स्थायी समितिको बैठक बसेर केपी ओली विरुद्ध संघर्ष गरेर अगाडी बढने निर्णय समेत गरिसकेको छ ।