सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७७।१२।०३ गते, अन्दाजी १३:०९ बजे,जिल्ला कास्की पोखरा महानगरपालिका-२ पोखरा सराङ्कोट सडकखण्ड स्थित गुम्बा नजिक सराङ्कोटबाट पोखरा तर्फ आउँदै गरेको ग १८ प ४८१४ नं.को मोटरसाईकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दामोटरसाईकल चालक जिल्ला पर्वत कुस्मा नगरपालिका-७ चुवा बस्ने वर्ष ३२ को माधव गिरी घाइते भइ उपचारको लागि साहारा अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष वर्ष ३२ को गोबिन्द गिरी घाईते भइ फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको, अवस्था मध्ययम, उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

पर्वत: मानिस मृत अवस्थामा फेला

मिति २०७७।११।२७ गते, अन्दाजी १७:०० बजे, जिल्ला पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने कुमार दमैको छोरा वर्ष १८ को असल परियार घरबाट मल्लाज जान भनि हिँडेको र हालसम्म फेला नपरेकोले खोजतलास गर्दै जाने क्रममा आज मिति २०७७।१२।०३ गते अन्दाजी १२:०० बजे ऐ.मल्लाज स्थित ठुलो सल्लेरी सामुदायिक वनको सानो भिर मुनि रुखको जरामा अड्की मृत अवस्थामारहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

नवलपरासी (पूर्व) : लागूऔषध सहित मानिस नियन्त्रणमा

मिति २०७७।१२।०३ गते अन्दाजी १०:०० बजे, कावासोती नगरपालिका-१६ चालिस किलो स्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-२७ बस्ने वर्ष ३१ को बिनोद चौधरी र ऐ.१७ बस्ने वर्ष ३३ को बिजय लामाको साथबाट नुर्फिन-९७ एम्पुल, डाइजापाम-९७ एम्पुल र फेनारगन-९७ एम्पुल गरी जम्मा-२९१ एम्पुल लागूऔषध सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

पर्वत: मानिस मृत फेला

मिति २०७७।११।२६ गते, जिल्ला पर्वत बिहादी गाउँपालिका-२ पैंयु बस्ने वर्ष अन्दाजी ३५ को ज्ञान बहादुर कुँवर कालीगण्डकी नदीमा हामफाली नदीले बगाई बेपत्ता भएकोमा खोजतलासगर्दै जाने क्रममा आज मिति २०७७।१२।०३ गते अन्दाजी १०:०० बजे बिहादी गाउँपालिका-३ पस्यार स्थित कालीगण्डकी नदीको किनारमा मृत अवस्थामा फेला परेको, उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

 

कास्की: सवारी दुर्घटनामा २ जना घाइते

मिति २०७७।१२।०३ गते, अन्दाजी ०६:०० बजे, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका-५ नयाँपुल स्थित पोखरा बागलुङ सडकखण्डमा पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग १ ज ६९५० नं.को जिप र बिपरित दिशातर्फ जाँदै गरेको ध २ प १११९ नं.को मोटरसाइकलएक आपसमा ठक्कर खादाँ चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका-५ नयाँपुल डेरा गरी बस्ने वर्ष १८ को महमद समिन र मोटरसाइकल पछाडी सवार जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका-६ हाईजुङ बस्ने वर्ष १७ को बिश्व नेपाली घाइते भएको,दुबैको अवस्था सिरियस, उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा पठाएको,  घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

बाग्लुङ: सवारी दुर्घटना

मिति २०७७।१२।०३ गते, अन्दाजी १२:५० बजे, जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिका-६ सुलडाँडा स्थित भित्री सडकखण्डमा तग्रामबाट बिहुँतर्फ जाँदै गरेको बा ८१ प २९४२ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकदेखि अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका-४ तग्राम बस्ने वर्ष ३५ को भिम सुनार घाइते भइ धवलागिरी अस्पताल बाग्लुङमा उपचार हुँदै,अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...