पुलको नाम छनौट गर्न समिति

पोखरा, चैत ४ गते । सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुलको नामाकरणको लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाम मध्येबाट आर्थिक सांकृतिक र अन्तराष्ट्रिय महत्व झल्कने हिसावले उपयुक्त तीनवटा नाम सिफारीस गर्नका लागि नगरले सिफारीस समिति बनाएको हो । नामाकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने नगरप्रमुख जनकराज पौडेलले बताए ।

सिफारीस समितिको संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् । समितिको सदस्यहरुमा सह–प्रध्यापक बिष्णु प्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ , पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्त प्रसाद सुवेदी रहेका छन् । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाईन र कार्यालय मार्फत दर्जनौं नामहरु प्राप्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...