पोखरा, चैत ६ गते । फेवाताल किनार गौरीघाटको सौन्दर्यकरण गरिएको छ । स्थानीय युवाहरुको पहलमा घाटको सौन्दर्यकरण गरिएको हो । अब्यवस्थित बनेको घाटको साँढे दुई रोपनी क्षेत्रलाई आकर्षक बनाइएको छ ।
पोखरा महानगरपालिकाको १२ लाख ५० हजारमा सौन्र्दय करण गरिएको गौरीघाट पार्कका योजनाकार एवं व्यवस्थापन संयोजक अनिल थापाले जानकारी दिनुभयो । फेवाताल आफैमा सुन्दर छ, त्यसलाई थप अकर्षक बनाउन ब्यवस्थित रुपमा रहेको गौरीघाट क्षेत्रलाई व्यवस्थित र सौन्र्दयकरण गरिएको थापाले बताउनुभयो । ताल किनारमा आएर पर्यटकलाई केहीबेर भुल्ने र फोटो खिच्ने वातावरण बनाउन पार्क निर्माण गरिएको बताउनुभयो ।
पार्कमा रहेका रुखको बैज्ञानिक नामाकरण, माटोको प्राकृतिक अवस्था कायम राख्न इट्टाको प्रयोग र गौरीघाट पार्क प्रवेशका लागि निर्माण गरिएको प्रवेशद्धारलाइ आँखीझ्यालका रुपमा निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । फेवाताल किनारमा भिजिट नेपाल लेखिएको स्ट्याण्ड समेत राखिएको छ। भिजिट नेपाल २०२० को बेला राखिएको उक्त स्ट्याण्ड कुरुप भएको थियो उहाँले भन्नुभयो, ‘त्यसलाई मर्मत र रंगरोगन गरेर फोटो खिच्न मिल्ने बनाएका छौ ।’
युवाहरुलाई काम गर्ने अवसर दिए गर्नसक्छन भन्ने प्रमाणित गरेका छौ उहाँले भन्नुभयो, काम सुरुवात गरेको २७ दिनमा पार्क निर्माणको काम सम्पन्न गरेको दावी समेत गर्नुभयो ।
गौरीघाट पार्कको उद्घाटन पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो ।उद्घाटनपछि बोल्दै उहाँले फेवाताल विनाको पोखरा कल्पना गर्न नसकिने बताउनुभयो । लेक नभए लेकसाईड नै हुदैन उहाँले भन्नुभयो, ‘फेवाताल विना पोखरेलीको अस्तित्व हुदैन् । त्यसैले यसको संरक्षण र सौन्दर्यकरणमा वडा कार्यालय, स्थानीयबासी र महानगरपालिका वीच सहकार्य आवश्यक छ ।’
यसैवीच सोही कार्यक्रममा फेवातालका पुराना फोटोहरुको प्रर्दशनी समेत गरिएको छ । फेवाताल किनार गौरीघाटका पुराना फोटोहरु प्रर्दशनीमा राखिएको छ । फेवातालमा पाइने चरा, फेवातालको विगत र वर्तमानको तस्विरहरु अवलोकका लागि राखिएको छ ।
कार्यक्रममा वडा नम्वर ६ का वडाअध्यक्ष जगबहादुर पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भटराई, नागरिक समाजका विष्णुहरी अधिकारी, पार्कका योजनाकार अनिल थापा लगायतल फेवाताल संरक्षणका लागि सवैको दायित्व र जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रम गौर घाट पार्क निर्माण समितिा अध्यक्ष लव भुजेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन सञ्चारकर्मी दीपेन्द्र पहारीले गर्नुभएको थियो ।कार्यक्रमा पार्क निर्माण गर्न सहयोग गर्ने दाता लगायतलाई सम्मान गरिएको थियो ।