पोखरा, ६ चैतर कांग्रेस नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट निर्वाचित जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने बताएका छन ।अदालतको निर्णयपछि नेकपा नामको पार्टी नरहेकोले नेकपाको नामबाट जनप्रतिनिधि विजयी भएका ठाउँमा जनताले छान्न पाउनु पर्र्ने बताए ।पोखरामा शुक्रबार नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेकपाबाट निर्वचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिको पद मरिसकेको बताए ।
नेकपाको नामबाट निर्वाचित भएर आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिन्ने बताए । किनकी त्यो पार्टी नै छैन । पार्टी नै नसकेपछि एमाले र माओवादी फरक हुन । जनप्रतिनिधिले पार्टी छान्न पाउने हैन जनताले जनप्रतिनिधि छान्नु पाउनु पर्दछ उनको भनाई थियो ।नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको बताए । उनले अयोग्य र अहंकारी भएकै कारणले ओलीले पाएको जिम्मा पनि सही ढंगले निर्वाह गर्न नसकेको आरोप लगाए । उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि लोभी भएको बताए ।
पाँच वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएपछि मलामी जाने मान्छे पनि नभएको बताए । हिजो मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भन्नेले अहिले कम्युष्टि पार्टी मर्दा कोही नबोल्ने उनले बताए ।