पोखरा, चैत ७ गते । गण्डकी प्रदेश लोकसेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल नियुक्त हुुनुभएको छ । सरकारको प्रमुख सचिवबाट अवकास पाउनु भएका नेपाल अध्यक्ष र तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसकी सहायक प्रमुख कल्पना लम्साललाई सदस्यमा नियुक्ति गर्न सिफारिस भएको छ ।
मुख्यमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य रहेको समितिले आयोगका पदाधिकारी सिफारिस गरेको हो। आयोगको ऐनमा अध्यक्ष र एक महिलासहित सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । एक सदस्यको भने सिफारिस बाँकी छ। सिफारिस भएका अध्यक्ष र सदस्यको प्रदेश प्रमुखले नियुत्ति गरेसंगै उच्च अदालत पोखराका मुख्य न्यायाधीशबाट शपथ हुनेछ। अध्यक्ष नेपाल र सदस्य लम्साललाई आइतबार उच्च अदालतका मुख्य न्यायाधीशबाट सपथ ग्रहण गराउने बताइएको छ ।