पहिरोले पुरिदा एक जनाको मृत्यु

पोखरा, चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाँउपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित नयाँ निर्माणधिन निलगिरी हाईड्रो पावरमा काम गर्ने कंन्चनपुर जिल्ला लालझण्डी घर भएका ३३ वर्षका हर्क बहादुर जेठारा बजार गरी बास स्थानतर्फ फर्कदै गर्दा बाटोमा माथिबाट ढुङा माटो सहितको पहिरो खस्दा घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान ९ गते बिहान ५ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...