पोखरा, चैत १० गते ।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बिकासमा राजनीति गर्न नहुने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २३ को नमुना हर्पन आमा समुहको सातौँ साधारण सभा एवं तेश्रो अधिवेशनको उद्घाटन गदै उहाँले राजनीति र विकास फरक भएको बताउदै भन्नुभयो,‘विकासका लागि सबै मिल्नुपर्छ । राजनीति गर्ने निर्वाचनको बेला हो, निर्वाचन सम्पन्न भैसकेपछि पुवाग्रह राख्न हुदैन ।’ उपप्रमुख गुरुङले निर्वाचनमा दलको उम्मेदवार भएपनि विजयी भएपछि सबैको साझा भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचित भएपछि साझा ब्यक्ति हौ । आस्थाकै आधारमा पूबाग्रह राख्नु हुदैन् ।’
उहाँले महिलाहरुले धेरै संघर्षबाट प्राप्त उपलब्धिलाई उपयोग गदै सवल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ तर अझै आफना अधिकार बारे महिला बेखर छन् उहाँले भन्नुभयो, ‘आफना अधिकार बारे ज्ञान नहुदाँ महिला पछाडी परेका छन् । नेतृत्व लिन महिला आफै अग्रसर हुुनुपर्छ ।’ उपप्रमुख गुरुङले महिला र पुरुषवीच विभेद हुन नहुने बताउदै महिला पुरुषसंगसंगै अगाडी बढनुपर्नेमा जोड दिनुभयो । महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ विभेदमा परेको बताउदै आर्थिकसंग जोडिएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई सवल र सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा पोखरा २३ का वडा सदस्य गीता भटराईले विकासका लागि सवै एकजुट हुनुपर्ने बताउदै विकासमा राजनीति गर्न नहुने बताउनुभयो । ‘विकास जसले गरेपनि हाम्रा लागि हो त्यसैले विकासमा राजनीति गर्नुपर्ने आवश्यकता छैन् ।’ सामाजिक अगुवा लोककुमारी क्षेत्रीले महिलाहरु सामाजिक काममा सक्रिय हुनुपर्ने बताउदै सामाजिक काममा राजनीतिक गर्न नहुने उहाँको भनाई थियो ।‘ राजनीति रंग हो आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ तर सामाजिक र विकास निर्माणमा प्रयोग गर्नुहुदैन।’
नमुना हर्पन आमा समुहका अध्यक्ष विष्णु पौडेलकोक अध्यक्षमा सम्पन्न कार्यक्रममा बाबुराम पौडेल,विश्वनाथ पौडेल,हरिभत्त पौडेल,रुक्मणी पौडेल,सुकबहादुर खत्री, ज्ञानबादुर क्षेत्री, सोमनाथ पराजुली,गोमा क्षेत्री, अप्सरा पौडेल,गोमा क्षेत्री, आरतीदेवी सुनार लगायतले आआफनो धारणा राख्नुभएको थियो ।