पोखरा, चैत १२ गते ।गर्मीयाम लागेसंंगै आगलागीका घटना बढन थालेका छन् । गर्मीयाममा विभिन्न कारण आगलागी हुने गरेका छन् । यति बेला कास्कीका जंगल क्षेत्रमा आगलागी भैरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरा महानगरपालिका वडा नम्वर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले पोखरा महानगरका विभिन्न ठाँउका जंगलमा आगो लागि रहेका तस्विर सार्वजनीक गर्नुभएको छ ।
उहाँले पहिलो तस्बिर पोखरा १६ रञ्जित गाउँको जंगलमा लागिरहेको आगोको हो भने दोस्रो ,तेस्रो र चौथो तस्बिर पोखरा २० को कुरा गाउँ मुनिको जंगलमा लागिरहेको आगोको तस्बीर राख्नुभएको छ ।
उहाँले जंगलमा यसरी आगो लगाउनेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गदै यस्ता घटनाले एकातिर जंगलमा रहेका जनावरको बाँच्न पाउने अधिकारको हनन भएको हुन्छ भने अर्कोतिर जंगलमा डढेलो लगाउँदा मानवीय क्षति पनि हुनसक्ने बताउदै गर्र्मीको मौसम छ सबैजना सचेत बनौं भन्नुभएको छ ।