कांग्रेस सरकारमा जादैन ः सहमहामन्त्री महत

पोखरा, चैत २० गते ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले यथास्थितीमा कुनै दलसंग सहकार्य गरेर सरकारमा जाननसकिने जिकिर गरेका छन् । पोखरामा नेपाल आदिवासीजनजाति संघ कास्कीले नयाँवर्षको अवसरमार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महतले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र माधव झलनाथ पक्ष एमालेमै रहेकाले सरकार फेरबदलका लागि तत्काल कसै संग सहकार्य गर्न नसक्ने बताएका हुन् । सहमहान्त्री महतले पार्टी भित्र समावेशी निति ल्याएर आदिवासीजनजातिको उत्थानमा प्रथामिता दिएको भन्दै एकजुट भई अगामी चुनावको तयारी गर्न अनुरोध गरे ।

कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, पुर्वमन्त्रीमहादेव गुरुङ, कांग्रेस कास्कीपुर्वसभापतिसोभियतबहादुर अधिकारी, पुर्वसांसद शारदा पौडेल, प्रदेश सभा सदस्यविन्दु कुमार थापा, ललितकला गुरुङ, जनजाति संघ प्रदेश सभापतिजितबहादुर गुरुङ, नितितथा प्रशिक्षण विभाग केन्द्रिय सदस्य सरस्वती गुरुङ, तरुण विभाग केन्द्रीय सदस्यदिवसमानप्रधानाङ्ग, महिला संघ केन्द्रिय सदस्यतारा अधिकारी, जनजाति संघ क्षेत्रिय सभापतिचन्द्र प्रकाशथापा, नेविसंघ कास्कीपुर्व सभापतिविकास थापालगायतले बोलेका थिए । नेपालआदिवासीजनजाति संघ कास्कीका सभापतिआशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्नकार्यक्रममा पार्टीमा योगदान पु¥याएकाव्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...