पोखरा, बैशाख २५ गते । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार दिउसो विज्ञप्ति जारी गदै पोखराका दुई जना र एक पर्वतका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मेडिप्लस अस्पताल पोखरमा हिजो बेलुका निधन भएको हो । उहाँलाइै बैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१३ का ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।त्यसैगरी पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो बेलुका निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृतकको संख्या २५१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।