रुपा गाँउपालिकामा अक्सिजन सहितको आइसोलेसन तयार

पोखरा, जेठ ३ गते । कास्कीको रुपा गाउँपालिकाले कोरोना अक्सिजन सहितको आइसोलेसन वार्ड बेड तयार गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारी तिव्र रुपमा फैलिएपछि रुपाले अक्सिजन सहितको बेड तयार गरेको हो ।१५ बेडको अक्सिजन सहितको हस्पिटल गाँउपालिकाको वडा नम्वर ६ भिरचोकमा तयार पारेको छ ।

गाउँपालिका भित्ररहेको रुपाकोट अस्पतालबाट कोभिड संक्रमण भएका पालिकाभित्र बसोबास गर्दै आएका बासीन्दाहरुलाई उपचार सुचारु गरेको हो । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइएको हो । कास्कीका स्थानीय तहहरु कोरोना संक्रमण नियन्त्रणमा जुटेका छन् । त्यसैले यहाँ अन्य जिल्लामा जस्तो समस्या देखिएको छैन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...