घरायसी विवादमा श्रीमति र छोरीमाथि खुर्पा प्रहार, दुवै गम्भिर घाइते

पोखरा, जेठ ९ गते । घरायसी विवादलाई लिएर श्रीमानले श्रीमति र छोलीलाईइ खुर्पा प्रहार गर्दा घाइते भएका छन् ।नवलपरासी पूर्व गैडाकोट नगरपालिका ९ ब्रिटिसक्याम्प स्थित बस्ने वर्ष ६३ को हर्क बहादुर राईले घरायसी बिबादको कारण आफ्नै श्रीमती अन्दाजी ४६ वर्षकी धन कुमारी राई र १४ वषकी छोरी अनुस्का राईलाई खुर्पा प्रहार गरीघाईते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना बारे खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोलि पुगेको थियो । प्रहरीले हर्क बहादुरलाई नियन्त्रणमा लिई घाईतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको जनाएको छ । घाईते दुबैको अवस्था गम्भिर रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...