पोखरा महानगरले बनायो १० दिनमा १ सय बेडको कोभिड अस्पताल, मुख्यमन्त्री गुरुङले गरे उद्घाटन(फोटो फिचर)

एकराज गिरी
पोखरा, जेठ १४ गते । चीनको वुहान सहरबाट गत वर्ष कोरोना भाइरस संक्रमण फैलियो । पुसबाट फैलिएको कोरोनाले विस्तारै उग्ररुप लिन थाल्यो । नेपालमा माघमा पहिलो संक्रमित फेला परे । विस्तारै यसले विश्वब्यापी रुपमा फैलियो । चीनले एक सातामै १ हजार बेडको अस्पताल तयार गर्ने घोषणा गर्यो । यो समाचार विश्वब्यापी बने । नेपालीहरुले चीनले निर्माण गदै गरेका र निर्माणपछिका तस्विर सामाजिक सञ्जालमा राखेर नेपाल सरकारलाई प्रश्न गरे । चीनले सक्ने नेपालले किन सक्दैन् ? इच्छा शक्ति चाहिन्छ भन्दै सामाजिक सञ्जालमा आकोश पोखियो । तर नेपालले आफना नागरिक बचाउन देशब्यापी लकडाउन घोषणा गर्यो ।

करिव ६ महिनाको लकडाउन पछि विस्तारै कोरोना संक्रमण कम भयो । संक्रमण कम भएपनि देशमा सवै क्षेत्रले गति लिन थालेको थियो । करिव दुई महिना अगाडीबाट फेरी दोश्रो भेरियन्ट घातक भाइरस फैलियो । गत एक वर्षमा नब्यहोरेको मानवीय क्षेत्री डेढ महिनामै नेपालले ब्यहोर्नुपर्ने अवस्था आयो ।

गत बैशाखको सुरुवातसंगै नेपालमा दोश्रो भेरियन्ट तीव्र गतिमा फैलियो ।संघीय देखि स्थानीयत सरकारहरु फेरी लकडाउन र निषेधाज्ञा घोषणा गदै नियन्त्रणमा जुटे । कोरोना भाइरस संक्रमणमा देशकै ठूलो पोखरा महानगरपालिकाले आफनै योजना बनाएर अगाडी बढ्यो । पोखरा महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बन्यो ।

महानगरले महामहारीबाट नागरिक जोगाउने उपाय अक्सिजन सहितको कोभिड अस्पताल भएको ठहर ग¥यो । महानगरले १०० बेडको कोभिड अस्पताल निर्माण र सञ्चालन गर्ने योजना अन्र्तगत साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनलाई पोखरा महानगरपालिकाले अक्सिजन सुविधासहितको अस्पताल बनाउने निधो ग¥यो । त्यहाँ सञ्चालन भैरहेको वडा कार्यालय भाडाको घरमा राख्ने र कोभिड अस्पताल बनाउने गरी वडा कार्यालयको सामान हटायो ।

अस्पताल निर्माण सम्झौता जेठ ५ गते सुरु ग¥यो । त्यही हस्पिटलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । महानगरले दश दिनमा निर्माण गरेको एक सय बेडको अस्पतालको उद्घाटनमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले भन्नुभयो, ‘काम गर्ने इच्छा शक्ति भयो भने गर्न सकिन्छ भन्ने पुष्टि भयो ।’ उहाँले हस्पिटलको केही काम बाँकी रहेको भन्दै अवको मंगलबारसम्म विरामी राखेर उपचार सुरु हुने जानकारी दिनुभयो ।

‘सोमबारसम्म अक्सिजन पाइप लगायत अन्य उपकरणको परिक्षण गछौ र बुधबारबाट कोरोनाका विरामी राखेर सेवा सुरु गछौ ।’ महानगर प्रमुख जिसीले लायन्स क्लबको सहकार्यमा निर्माण गरेको भन्दै सुविधा सम्पन्न बनाइने बताउनुभयो । यहाँ पीसिआर र भिडियो एक्सरे सहितको हुने छ उहाँले भन्नुभयो, ‘लायन्सले एम्वुलेन्स उलब्ध गराईसकेको छ । २३ थान अक्सिजनसहितको सिलिण्डरको व्यवस्था भैसकेको छ ।’ उहाँले नगारिकलाई हामी ढुक्क बनाउदै सेवा सञ्चालन गछौँ भन्नुभयो ।


शिशुवा अस्पताल अन्र्तगत नै कोभिड अस्पताल रहने बताउनुभयो । शिशुवा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रतिभा कोइरालाका हुनुुहुन्छ ।महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार महानगरपालिका भित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका ४७ युनिटमा गरी ७ सयजना स्वास्थ्यकर्मी छन । महानगरमा १५ जना डाक्टरहरुको दरबन्दी रहेको र उनीहरुको सिफट् अनुसार व्यवस्था मिलाइएको बताउनुभयो । एक जना सिनियर चिकित्सक पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पठाएको छ । यिनै मानव संसाधनबाट आलोपालो गरी ड्युटीको व्यवस्था मिलाइएको प्रमुख शर्माले बताउनुभयो ।

अस्पलालाई फोहोर निर्मलीकरण गर्ने अटोक्लेब मेसिन पनि लायन्सले कोभिड उपचार केन्द्रलाई उपलब्ध गराएको हो । पोर्टेबल अक्सिजन मेसिन, हाइफ्लो अक्सिजन उपकरण पनि लायन्सले दिएको छ । ५ जेठमा अटोकन्र्सन प्रालिसँग ठेक्का सम्झौता भएको हो । उसले त अझ ५ दिनभित्रै काम सक्ने भनेको थियो । तर लगभग १० दिनमा निर्माण पूरा भएको छ ।

महानगर प्रमुख जिसीले भने दोश्रो लहरपछि फेरी कति लहर आउने हो थाहा छैन, अघिल्लो वर्ष तयारी नगर्दा केही कमजोरी भयो उहाँले भन्नुभयो, ‘अव तयारी गरौँ । नागरिकको ज्यान बचाउने भन्दा ठूलो अरु हुदैन् ।’ शिशुवा अस्पताल मातहत राखेर बिएस्सी नर्सिङ कलेज चलाउने योजना महानगरपालिकासँग रहेको प्रमुख जिसीले बताउनुभयो । यो हाम्रो पहिलो अनुभव हो प्रमुख जिसीले भन्नुभयो, ‘अस्पताल निर्माणसंगै यसको सञ्चालन चुस्तदुरुस्त र यसको डिपिआर तयार पारेर टिचिङ्ग अस्पतालको रुपमा विकास गर्ने छौ ।’


पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकको जीवन रक्षाका लागि महानगरले प्रयास गरिरहेको बताउनुभयो । अस्पताल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै यसले नागरिकले बेडको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नरहने बताउनुभयो । कार्यक्रमको सञ्चालन महानगरका प्रमुख प्रशासकीय अधिकृत मेहश बरालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...