गण्डकी प्रदेश चेम्वर द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा,जेठ १८ गते /गण्डकी प्रदेश चेम्वर अफ कमर्स द्धारा जिल्ला प्रशासन कार्यलय कास्की लाई  १०० सय _ थान पीपीइ र -४०००)_ चार हजार थान मास्क हस्तान्तरण गरेको छ । कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

गण्डकी प्रदेश चेम्वर अफ कमर्सले अहिले प्रदेश भरि अक्सीजनको अभाव लाई मध्यनजर गर्दै जिल्ला चेम्वरहरुको सहयोगमा सवै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको अध्यक्ष सुनारले जानाकारी दिए । कहि कतै कुनै जिल्लामा अक्सिजन आर्पूर्तिमा असहजता भए सहजताको लागी सहयोग गर्ने समेत अध्यक्ष किसान सुनारले जानाकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...