फेवाबजारले होम डेलिभरी सेवा सञ्चालनमा ल्याउने

पोखरा, जेठ ३१ गते ।ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले असार १ गतेदेखि निःशुल्क होम डेलिभरी सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

विषम परिस्थितिमा पनि होम डेलिभरी सेवा दिएको फेवाबजारले सरकारले लगाएको निषेधाज्ञाका कारण बन्द गरेको सो सेवा असार १ गतेदेखी पुनः सञ्चालनमा ल्याउन लागेको फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । ‘निषेधाज्ञाका कारण स्थगित गरिएको होम डेलिभरी सेवा यहि असार १ गतेदेखि देशैभरबाट सञ्चालनमा ल्याउँदैछौँ’–उनले भने ।

पोखरामा मुख्य कार्यालय, काठमाडौंमा कर्पोरेट कार्यालय तथा भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत १३ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइने उनले जानकारी दिए । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।

कोरोनाले गर्दा जनजीवनमासमेत गम्भीर असर परेकाले यस समयमा फेवाबजारले विभिन्न बैंकसँगको सहकार्यमा सहायता योजना अन्तर्गत क्रेडिट सुविधा दिने आचार्यले बताए । उनका अनुसार ग्राहकलाई बिना धितो शुल्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा दिइने उनले बताए ।

फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका खाद्यान्न, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ । फेवाबजारमा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।

 

हरेक महिना विशेष अफरको समयभित्र फेवाबजारले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटका साथै अन्य विभिन्न अफरहरु दिने गरेको छ । फेवाबजारले कमाएको नाफाको केहि प्रतिशतबाट युवा स्वरोजगार र देशको सामाजिक आर्थिक विकासमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...