पोखरा, असार २२ गते । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले एक थान कन्सन्टेटर हस्तान्तरण गर्नुभएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा न ६ मा पहारीले रु एक लाख पचास हजार रकम बराबरको सो कंनसन्ट्रेटर नेकपा एमाले अन्नपुर्ण गाउपालिका सचिब बिबेक देबकोटालाई हस्तान्तरण गर्नुभयो । जोय नेपाल संस्थाको सहयोगमा उक्त कंसनट्रेटर हस्तान्तरण गरिएको सांसद पहारीको सचिवालयले जानकारी दिएको छ।
सो अबसरमा सांसद पहारीले कोरोना महामारीबाट पिडित आफ्नो निर्बाचन क्षेत्रका जनताको स्वास्थ्य रक्षा आफ्नो पहिलो कर्तब्य र जिम्मेबारी भएको हुदा हरतबरले सहयोग जुटाउन लागिपरेको बताउनुभयो । आफ्नो आग्रहलाइ सहर्ष स्विकार गर्दै निरन्तर सहयोगमा जुटेकोमा उहाँले सहयोगी संस्था जोय नेपाललाई हार्दिक धन्यबाद ब्यक्त गर्दै थापा मानबिय सहयोगमा निरन्तर जुट्न सम्पूर्णमा अपिल समेत गर्नुभयो ।
सांसद पहारीले पोखरा ६ बैदाम,नहरमार्गस्थित खहरेचोक देखि बुलौदि जाने निर्माणाधीन ढलान बाटोको अनुगमन गर्नुभएको छ । आठ सय मिटर लामो र उक्त बाटो संसद पहारीको पहलमा चालु आर्थिक बर्ष २०७६÷७७ र २०७७÷७८ मा गरि एक करोड ५० लाखको लागतमा निर्माण भैरहेको छ ।
अनुगमनमा सांसद पहारीसंगै, पुर्बाधार बिकास कार्यालयका इन्जिनियर राजेश पौडेल, बाटो निर्माण समितिका तुलसी दाहाल, समितिका पदाधिकारी सहित समाजसेबि ,स्थानीयबासि ,वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।अनुगमन गर्दै पहारीले निर्माण ब्यबसायिलाइ बाटोको गुणस्तरमा बिषेस ध्यान दिन आग्रह गर्दै योजना समयमै सम्पन्न हुने गरि काम गर्न आग्रह गर्नुभयो ।