पोखरा, असार ३१ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । गण्डकीमा बुधबार मृत्यु सुन्य भएको थियो ।
हिजो एक जनाको पनि मृत्यु नभएको गण्डकीमा आज ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपपरासीका तीन जना, स्यांजाका एक जना, कास्कीका एक जना र पर्वतका एक जना संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ३६० नयाँ संक्रमित थपिएका छन् । कास्कीका १८२, नवपरासीका ६०, गोरखाका ३९, स्यांजाका २१, बाग्लुगका २६, लम्जुगका ९ जना, म्याग्दकीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।