गण्डकीमा ३ जनाको मृत्यु, ४७१ नयाँ संक्रमित थपिए

पोखरा, साउन ७ गते । गण्डकीमा विहिबार तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन जनाका मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्की, बाग्लुङ र तनुहँका एक÷एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ४७१ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा साउन अन्तिम सातादेखि संक्रमितको संख्यामा बृद्धि भएको छ । गण्डकीका ११ जिल्ला मध्य कास्कीमा दैनिक एकसय बढीको हाराहारीमा संक्रमित थपिएका थिए ।

तर विहिबार एकै दिन २७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासीमा ५७ जना, गोरखामा ३९जना, तनहुँमा ३४ जना, बाग्लुङमा ३१ ज्ना, स्याङजा २१ ज्ना, पर्वतमा ५ जना र लमजुङमा ३ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...