कास्कीबाट विन्दु थापा मन्त्री बन्ने,अन्तिममा काटियो विश्वकर्माको नाम

पोखरा, साउन ८ गते । गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनाउने निर्णय भएको छ ।


पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् ।उनी सँगै स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् ।

 

कार्यविभाजन भने टुंगिएको छैन । त्यस्तै कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...