पोखरा, साउन ११ गते । अवैध रूपमानदिजन्य पदार्थ उत्खनन गर्ने ५५ वटा सवारी साधन (टिप्पर र ट्याक्टर) लाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खननभइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीर वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १९ पुरनचौरस्थित ढोडेनीघाट सेती नदीमा अवैधरूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी जम्मा ५५ वटा सवारी साधनहरूलार्इ नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय पठाएको कास्की प्रहरीले जनाएको छ ।