बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर पोखरामा

पोखरा, साउन १७ गते ।सुजुकी टु ह्वीलर्सको आधिकारीक विक्रेता हिमालय अटो वल्र्ड पोखराले बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर आजबाट औपचारीक रुपमा विक्रि शुभारम्भ गरेको छ । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायः जसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् ।

पोखरा तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने हिमालय अटो वल्र्डले सेल्स, सर्भिस र स्पियर्स उपलब्ध गराउदै आएको छ । आज मिति २०७८।०४।१७ गते प्रमुख अतिथि पश्चिमाञ्चल अटो मोबाइल्स डिलर्सका अध्यक्ष मोहन बाबु खड्का ज्यूबाट विधिवत रुपमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटो विक्रि शुभारम्भ भएको छ । कार्यक्रममा हिमालय अटो वल्र्डका डाइरेक्टर सौरभ थापाले सभापतित्व गर्नु भएको थियो ।

यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपाल तथा पोखरामा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई छ । हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफ आई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आँकलन गर्न सकिन्छ ।

 

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यस मा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ । १६० mm को ग्राउण्ड ऋभिबचबलअभ भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ ।

 

पूर्ण डिजिटल मिटर को साथमा क्लासिक स्टाईल, ईन्जिन मष्बनलयकष्क, दबततभचथ मष्बनलयकष्क सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । हाल यसको बजार मूल्य रु.२,५९,९००÷– कायम गरिएको छ । यो स्कुटर सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध छन् र सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...