नेपाली फुटबल टिमको बन्द प्रशिक्षण पोखरामा

पोखरा, साउन २५ गते ।नेपाली राष्टिय फुटबल टिमको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । बुधबारदेखि पोखरा रंगशालाको फुटबल मैदानमा प्रशिक्षण हुने भएको हो । नेपाली टिम अहिले साफ च्याम्पियनसिप र चीनमा हुने एएफसी कप छनोटको अन्तिम चरणको तयारीमा रहेको छ ।

नेपाली टिमका खेलाडी र अफिसियल अहिले दश दिनको विश्राममा रहेको बताइएको छ । टिम मंगलबार पोखरा आउने छ भने बुधबारबाट प्रशिक्षण सुरु हुने जनाइएको छ । अखिल नेपाल फुटबल संघ –एन्फा) का अनुसार प्रकाश बुढाथोकी र एरिक विष्ट प्रशिक्षणमा सहभागी हुन पोखरा नआउने बताइएको छ । यी दुवै खेलाडीलाई सिरि लेखी र सेसहां आंदेम्बेले स्थानापन्न गर्नुुहुने भएको छ । यसैगरी गोलरक्षक विशाल सुनार भने पोखरा आउने एन्फाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...