गण्डकी प्रदेश समन्वय परिषदद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ लाख बढिको सामग्री सहयोग

पोखरा, भदौ १ गते । गण्डकी प्रदेश समन्वय परिषद् कतारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ ५ लाख ३७ हजार सामग्री सहयोग गरेको छ । परिषदले अस्पतालमा सेवाग्राहीलाई बस्नका लािग ३० चान कुर्ची, १५ वटा ह्वीचियर र ५ वटा स्टेचर सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका विच स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री कुमार खड्काले प्रतिष्ठानलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै मन्त्री खड्काले राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सरकारको शिक्षा र स्वास्थ्यमा ध्यान पुगेको छैन उहाँले भन्नुभयो, ‘स्वास्थ्यलाई अझै प्राथमिकतामा राख्नुपर्ने महसुुस कोरोना भाइरस संक्रमणबाट पुष्टि भएको छ ।’ कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा विगतदेखि ध्यान पुग्न नसक्दा कमजोर भएको बताउनुभयो ।उहाँले विदेशमा बसेर थोरै आम्दानिबाट आफनो देशलाई सहयोग गरेको भन्दै त्यस्तै रचनात्मक कार्यको जति प्रशंसा गरेपनि कमै हुने बताउनुभयो । उहाँले सिमित सोत र आफनो खर्च कटार पनि पवासमा बसेर पुण्यकार्य गरेको बताउनुभयो ।


कार्यक्रमका समन्वयकर्ता भानु ढकालले आफनो गाँस काटेर सहज रुपमा आफना दाजभाई दिदीबहिनीहरुले सेवा प्राप्त गरुन भन्ने उद्देश्यले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले देशको अहिलेको अबस्थाले स्वास्थ्यको राज्यको ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिुनभयो । उहाँले सामान्य नागरिकले स्वास्थ्य उपचार गर्ने अस्पताललाई लाखौको स्वास्थ्य सामाग्री उपलब्ध गराएर गुन लगाएको बताउनुभयो । यहाँ उपचारका लागि आउनेहरुले सहज र शुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्थाका लागि सामग्री प्रदान गरिएको छ उहाँले भन्नुभयो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देक भरत खत्री, गण्डकी प्रदेश समन्वय परिषद् सदस्य अजिज अलि, गजल, गीतकार साबित्री गिरी लगायतले सहयोगले अस्पतालमा सेवा लिन आउनेहरुलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...