पोखरा, भदौ ४ गते ।गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेकपा एमालेका कार्यकता निरास हुनुपर्ने अवस्था नभएको बताउनु भएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेजनहरु निरास हुनुपर्ने अवस्था छैन ।
चुनौतीको सामाना गरेर अगाडी बढनुपर्छ उहाँले भन्नुभयो, ‘खोलामा बाढि आउछ । बाढीले धेरै चीज बगाउछ र एक ठाँउमा छाडेर अगाडी बढछ । त्यस्तै एमालेबाट केही छुटेर जान्छन तर निरास हुनुपर्ने अवस्था छैन् ।’ उहाँले अवको निर्वाचनमा एमालेको दुई तिहाई बहुमत ल्याउने आउने गरी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडी बढाएका अधुरा विकासका आयोजनालाई पूर्णता दिन एकल बहुमतको सरकार ल्याएर पुरा गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कोइरालाले तीन वर्षमा पार्टीका गतिविधि सञ्चालन भएन त्यसैले अव सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अवको निर्वाचनमा एमालेको बहुमत ल्याएर फेरी एक पटक केपी ओलीलाई प्रधानमन्त्री बनाएर समृद्ध देश र सुखी नेपाली बनाउने योजनालाई पुरा गर्ने बताउुनभयो ।