पोखरा, भदौ ८ गते । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्र शेरचनले १३ औँ सागमा भएको भष्ट्राचारको छानविन गरेर दोषिलाई कारबाही गर्न माग गर्नुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की जिल्ला समितिको घोषणा कार्यक्रमा बोल्दै उहाँले महालेखाले बुझाएको प्रतिवेदनले भष्ट्राचार भएको पुष्टि भएकाले त्यसको छानविन गरेर कारबाही हुनुपर्ने बताउनुभयो ।अध्यक्ष शेरचनले पोखरा रंगशाला हेर्दा चिटिक्क परेपनि यहाँ धेरै भष्टाचार भएको बताउदै यस बारेमा पनि अध्ययन गरिरहेको बताउनुभयो ।
उहाँले संघले भष्ट्राचार बारे अध्ययन गर्न केन्द्रमा टिम समेत बनाएको बताउदै सरकारले पनि छानविन गरेर कारबाही गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले खेलकुदमा भएका विकृतिलाई उजागर,खेलकुद विकास र खेलाडीको हकहितका लागि संघ स्थापना गरिएको बताउनुभयो । उहाँले खेलकुद संघको विधान निर्माण भएको र अहिले पारितका लागि काँग्रेस केन्द्रीय समितिमा बुझाइएको बताउनुभयो ।
लोकतान्त्रिक खेलकुद संघका गण्डकी प्रदेश अध्यक्ष हरिश्वर पोखरेलले खेलकुदको विकासका लागि आग्रह पूर्वाग्रह राख्न नहुने बताउनुभयो । खेलाडी राष्टका गहना हुन, त्यसैले उनीहरुको पक्षमा काम गर्नुपर्छ उहाँले भन्नुभयो, ‘समुदाय र खेलकुदसग जोडनुपर्छ । जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङले खेलाडी र प्रशिक्षकलाई सुविधा नदिए खेलकुदको विकास नहुने बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पोखरा रंगशाला भौतिक पूर्वाधारले सम्पन्न भएको बताउदै अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार रहेको बताउनभुयो ।