नेकपा एकीकृत समाजवादी पोखरा ४ को अध्यक्षमा विजया कोइराला

पोखरा, भदौ २१ ग्ते ।नेकपा (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई वडा तहसम्म तीव्ररुपले अगाडि बढाएको छ । यही क्रममा कास्कीका सबै वडामा कमिटी निर्माण अभियानमा जुटेको एकीकृत समाजवादीले पोखरा– ४मा एक भेला गरी वडा कमिटी घोषणा गरेको छ । विजया कोइरालाको नेतृत्वमा ३१ सदस्यीय नेकपा एकीकृत समाजवादी वडा नम्बर–४ कमिटी गठन गरिएको नवगठित वडा कमिटीका सचिव उमा पराजुलीले जानकारी दिइन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाथ बरालले वडा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नबौं महाधिवेशनको मार्गचित्र विपरित पार्टी सञ्चालन गरेकाले आफूहरु बाध्य भएर नयाँ पार्टी गठनमा लाग्नुपरेको बताए । ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा लगेपछि कम्युनिष्ट आन्दोलनलाई जोगाउन विद्रोह गर्नुपरेको उनको भनाई थियो ।

‘कम्युनिष्ट आचरण र शिद्धान्त भन्दा बाहिर एकांकीढंगले, पार्टी सञ्चालन गर्ने र दुख गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा उत्पन्न हुनेगरी अगाडि बढ्ने काम भयो । संविधानलाई मास्ने नियतका साथ दुईदुई पटक संसद विघटन गरियो । यो गरिसकेपछि पनि यही कुरा ठिक हो । भनिरहने र कार्यशैलीमा कुनै सुधार नआउने भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि विद्रहको विकल्प थिएन । त्यही भएर विद्रोह गर्दै नयाँपार्टी बनाउनुपर्ने अवस्था आयो’ उनले भने । अबको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेकपा(एकीकृत समाजवादी) ले नै गर्ने उनको दाबी छ ।

नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले इमान्दार कम्युनिष्ट कार्यकर्ताका लागि एमालेमा ठाउँ नभएको बताए । उनले अफ्नो पार्टीले छिट्टै कास्की र गण्डकी प्रदेशमै बर्चस्व जमाउनेगरी लहर ल्याउने बताए । ‘अहिले केही साथीहरुमा थोरै अलमल देखिएको छ ।’ उनले भने, ‘हेर्नुहोला अन्योल र अलमलमा रहेका मात्र होइन सबै इमान्दार कम्युनिष्टहरुले रोज्ने पार्टी यही बन्ने छ ।’

कार्यक्रममा एकीकृत समाजवादीका कृष्ण (ढाकामोहन) पराजुली लगायत विभिन्न नेताहरुले कम्युनिष्ट आन्दोलन र पोखरामा एकीकृत समाजवादीको अवस्थाका बारेमा चर्चागर्दै संगठित भएर सबै प्रकारका सड्यन्त्रलाई चिर्दै सशक्त पार्टी बनाइने बताएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...