पोखरा, भदौ ३० गते । पोखरा, भदौ ३० गते । कास्कीमा पाँच झण्डै पाँच महिनापछि निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार आदेश जारी गदै अर्को आदेश जारी नभएसम्मका लागि कास्कीमा निषेधाज्ञा हटाएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको निर्णय अनुसार निषेधाज्ञा हटाइएको हो ।
कास्कीमा जारी निषेधाज्ञा असोज १ गते विहान पाँच बजेबाट हटने भएको छ। कोरोना भाइरस सक्रमणको दोश्रो लतहर तिव्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत बैशाख १५ गतेबाट कास्कीमा निषेधाज्ञा जारी गरेको थियो । अहिले कास्कीमा संक्रमण र मृत्यु घटेको भन्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।तर प्रशासनले स्वास्थ्य मापदण्डको पालना गर्न भने कास्कीबासीमा अनुरोध गरेको छ ।
प्रशासनले दैनिक क्रियाकलाप सञ्चालन गर्दा नेपाल सरकारद्धारा निर्धारित स्वास्थ्य तथा सुरक्षा मापदण्डहरुका अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ । घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको उचि प्रयोग गर्न आग्रह गरेको छ । प्रशासनले विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रकाशित कोभिड १९ संक्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन गर्दा अपनाउनुपर्ने कार्यविधि अनुसार स्थानीय तहसंगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठनका कार्यक्रम सञ्चालन गर्न सकिने जनाएको छ ।
त्यस्तै होटल तथा रेष्टुरेण्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनलाई ११ः३० बजेसम्म र नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रीकालिन व्यवसायहरु तोएिका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राती १ः३० बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेशमा उल्लेख छ । प्रशासनले संक्रमणको दर बढै गएमा जनुसुकै समयमा पनि थप आदेश जारी गर्न सकिने उल्लेख गरेको ।