दल विभाजन अध्यादेश गलत ः वाइसिएल सयोजक देवकोटा

पोखरा, असोज २ गते । वाइसिएल केन्द्रीय संयोजक सुमन देवकोटाले वर्तमान सरकारले ल्याएको राजनीतिक दल सम्वन्धि अध्यादेश गलत भएको बताउनु भएको छ ।

प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो,‘केपी ओलीले ल्याउदा बेठिक शेरबहादुरले ल्याउदा ठिक भन्ने हुदैन । त्यसैले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउनु गलत हो ।’ उहाँले संविधानलाई बन्धक बनाएर विदेशी सहयोग स्वीकार्य नहने स्पष्ट पार्नुभयो ।‘ राष्टिय स्वाधिनता, राष्टिय अखण्डता र संविधानलाई बन्धक बनाएर एमसीसी स्वीकार्य छैन् । हाम्रो स्वाभिमान ठूलो हो ।’

संयोजक देवकोटाले केपी ओलीलाई हटाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपनि सरकारका पछिल्ला गतिविधिले झस्काएको बताउनुभयो । ‘सरकारको कार्यशैलि र गतिविधिले काँग्रेस गठबन्धनमा बनेको सरकारबाट झस्किनुपर्ने अवस्था देखिएको छ ।’

उहाँले पछिल्लो समय दलाली र गुलामी प्रवृत्तिका कारण युवा आन्दोलन सशक्त बन्न नसकेको दावी गर्नुभयो । सयोजक देवकोटाले युवाहरुलाई रोजागरी सृजना गर्न बन्द उद्योग सञ्चालनका लागि आफुहरुलाई दिन आग्रह गदै भन्नुभयो, बन्द सरकारी उद्योग हामी सञ्चालन गछौँ र युवालाई रोजगारी सृजना गरेर नाफा कमाएर सरकारलाई दिन्छौ ।’

उहाँले वाइसिएल भष्टाचार विरुद्ध आक्राम रुपमा प्रस्तुत हुने र भष्टाचारका विषयमा आवाज उठाउने बताउनुभयो । स्थानीय सरकारदेखि केन्द सरकारस सम्म भ्रष्टाचार मौलाएको भन्दै वाइसिएलले भ्रष्टचार विरोधी अभियान सञ्चालन गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...