पोखरा, असोज ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको समृद्धिको यात्रालाई अगाडी बढाउन खेल पर्यटनले भुमिका खेल्ने बताउनु भएको छ । गण्डकी प्रदेशलाई समृद्धिको अरुपमा अगाडी बढाउन धेरै आयाम छन उहाँले भन्नुभयो, त्यस मध्यको एउटा खेलकुद पनि हो । त्यसैले हामीले युवा तथा खेलकुद मन्त्रालय बनाएका छौ । उहाँले सबै क्षेत्र कोरोनाले थलिएको बताउँदै अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल भूतपुर्व खेलाडी मञ्च नेपालको एघारौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनलाई उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने योजना अनुरुप सरकार अगाडी बढेको समेत बताउनुभयो ।
कोरोनाले सबै क्षेत्र शिथिल छ । खेल पर्यटनकै माध्यमबाट समृद्धिको परिकल्पना गर्न सकिन्छ’ उहाँले भन्नुभयो, त्यसको लागि खेलकुदको हबको रुपमा विकास गर्ने सपना गण्डकी प्रदेश सरकारले देखेको छ ।’ मुख्यमन्त्री नेपालीले प्रदेश समृद्धि गर्ने धेरै आयाम मध्ये खेलकुद क्षेत्र एक भएकोले खेलकुदको विकासमा गण्डकी प्रदेश सरकारको गम्भीर चासो रहेको बताउनुभयो ।
मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेट जस्ता खेलहरुमा युवापुस्तालाई संलग्न गराउने तर्फ सचेत हुनुपर्ने बताउनुभयो । ‘खेलाडीलाई एक्सपोजर गराउनुपर्छ । हुनुपर्छ ।’ उहाँले भन्नुभयोे, खेलाडी एक्सपोजरले नै विश्वमाझ स्वयं खेलाडी र देश चिनिन्छ ।’ उहाँले भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सहयोग गर्ने तर्फ गण्डकी प्रदेश सरकार सहयोग गर्ने विषयमा छलफल गर्न सकिने उल्लेख गर्र्नुुभयो ।
सातौ अधिवेशनमा नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पोखरा अन्तराष्ट्रिय म्याराथनलाई म्याराथनको अन्तराष्ट्रिय संस्थासँग आवद्ध गराउन निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय संस्थामा आवद्ध गराउन सकिए ख्यातीप्राप्त अन्तराष्ट्रिय म्याराथन धावकको सहभागिता रहने भन्दै दर्ता गराउन चुनौतिपूर्ण रहेको जिकिर गर्नुभयो ।
‘
अधिवेशनमा पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । उहाँसगै पाकिस्तानमा भईरहेको यु–१२ आईटिफ टेनिसमा संलग्न जस्टिन श्रेष्ठलाई समेत नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी सामाजिक क्षेत्रबाट निरज थापा, स्वास्थ्य क्षेत्रबाट सम्मरबहादुर श्रेष्ठ, डा खड्गसिंह गुरुङ, पोखरा–१४ स्थित मेरो नेपाल युवा क्लब, मञ्चका आजीवन सदस्यहरु इन्द्र गुरुङ, बालकुमारी गुरुङ, महेन्द्र श्रेष्ठ, विनोद कायस्थ, गीता चालिसे, ज्ञानु रोका, कुलबहादुर तामाङ लगायत सम्मान गरिएको थियो ।