पोखरा ७ का युवाहरुको आकर्षण एमाले, अन्य पार्टी छाडेर प्रवेश

पोखरा, असोज ५ गते ।पोखरा वडा नम्वर ७ मा विभिन्न क्षेत्रमा क्रियाशिलय युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल एमालेमा लागेर आफ्ना सामाजिक कामहरुलाई अगाडी बढाउने योजना सहित एमाले प्रवेश गरेका युवाहरुलाई एमाले वडा कमिटी ७ ले एक समारोहका वीच पार्टी प्रवेश गराएको छ । अन्य पार्टीमा लागेका, तथस्ट रहेका युवाहरुलाई पार्टीमा स्वागत गरेको एमाले पोखरा ७ सचिव किशोर बरालले जानकारी दिए ।

कार्यक्रममा युवा उद्योगी ब्यबसायी अशोक खड्काको नेतृत्वमा पहिले प्रवेश गरेकालाई स्वागत तथा सम्मान गरेको र मंगलबार १२ जना युवाहरुलाई पार्टिमा स्वागत गरिएको उनले बताए । अहिने नेकपा एमाले पार्टी र संगठनलाई थप बलियो र शसक्त बनाउने अभियानमा जुटेको छ । एमाले विभाजन भएर नेकपा एकिकृत समाजबादी पार्टी गठन भएसगै एमालेले आफना बैठक, भेला लगायत अन्य पार्टीका नेता कार्यकता आफनो पार्टीमा भित्राउने गतिविधिलाई तिव्रता दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...