पोखरा, कात्तिक १७ गते ।पोखराको सहारा क्लबले सञ्चालन गदै आएको सहारा एकेडेमी स्वः सुर्यबहादुर केसीको नाममा नामकरण गरिएको छ । पोखरा १७ दोविल्लामा सञ्चालन हुदै आएको एकेडेमी सञ्चालनका लागि केसी परिवारले बार्षिक १५ लाख रुपैयाँ दिने भएपछि सुर्यबहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमी नामाकरण गर्ने गरी सहारा क्लब पोखरा र केसी परिवारवीच सम्झौता भएको छ ।
स्वः सुर्यबहादुर केसीको बार्षिक पुण्य तिथिका अवसरमा दश वर्षसम्म बार्षिक १५ लाख रुपैयाँ एकेडेमिलाई प्रदान गर्ने गरि बुधबार सम्झौता गरिएको हो । पोखरामा आयोजित एक कार्यक्रममा स्व केसीका तर्फबाट धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसी र सहारा क्लवका अध्यक्ष हरिराम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम परिवर्तन भएको छ । अव ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण भएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि १५ लाख रुपैयाँ उपलध गराउने छ ।
सम्झौतापछि वोल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारासंग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताउनु भयो ।हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताउनु भयो । अर्को छोरा रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गदै जिवन्त बनाई राख्न सहारा एकेडेमीसँग जोडिएको बताउनु भयो । उहाँले अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहयोग दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग केसि परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरि गुरुङले वताउनु भयो ।सयोगले उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।