अनेरास्ववियुद्धारा जिल्ला अस्पताल दमौलीमा सरसफाई

पोखरा, मंसिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) तनहुँले जिल्ला अस्पताल दमौली वरपर सरसफाई गरेको छ ।

जिल्ला कमिटी तनहूँको आयोजना बुधबार सरसफाई गरेको हो । कार्यक्रममा एमाले जिल्ला कमिटी कार्यलय सचिव राजेश्वर ढकाल, जिल्ला कमिटीका नेता भुपेन्द्र कोईराला, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मदन तिमल्सेना, व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठ, सहसंयोजक अजित पन्थ, अनेरास्ववियु जिल्लाका नेताहरू महेन्द्र श्रेष्ठ, सुमन आचार्य लगायत अनेरास्ववियु तथा युवा संघका नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थीको हक अधिकारसंगै जनजिबिकाको पक्षमा समेत हामी आबाज उठाउछौ त्यही अनुरुप मानिसको स्वास्थ्यमा फोहोरले प्रभाव पार्ने भएकाले महाधिवेशनको पूर्वसन्ध्यामा अखिलले रचनात्मक कार्यक्रम गरेको जिल्ला सहसंयोजक बिशाल ढकाल(लेनिन)ले बताउनुभयो । अस्पताल जस्तो संवेदनशिल क्षेत्र वरपर सरसफाई अभियान संचालन गरेका हौं अनेरास्ववियु सहसंयोजक ढकालले भन्नुभयो ।

उक्त समुहले हैरान्स् क्लब दमौलीका युवाहरुसंग हातेमालो गरि अनसन चौतारीमा रहेको बास्केटबल कोर्टको पनि सरसफाई गरेको थियो ।हामिले दमौली जिल्ला अस्पताल र अस्पताल वरिपरि सरसफाइ गर्दै फोहोर मैला मानव जिवनमा पार्ने असरका बारेमा सुचुचित गर्दै यसरी जथाभावी फोहोर नफ्याँक्न सर्वसाधारणलाई आग्रह पनि गरेका छौ अखिलका जिल्ला कमिटि संयोजक नवीन वाग्लेले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...