प्रदेश बैंक आवश्यकः अर्थमन्त्री बराल

पोखरा, मंसिर १४ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशमा प्रादेशिक बैंक आवश्यक भएको बताउनु भएको छ । प्रदेशको विक्तिय कारोवार गर्दा संघिय बैंक मातहातमा काम गर्दा कठिनायी भएकोले प्रदेशको भुगोल र अबस्था अनुसारको बैंक नै आवश्यक भएको बताउनु भएको हो ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आन्तरिक राजश्व संकलनमा निजी क्षेत्रको भूमिका बिषयक मंगलबार भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले व्यवसायीक जीवन रक्षाकोष प्रभावकारी बनाउन आवश्यक परेमा ऐन संसोधन गर्ने बताउनु भयो । केही न केही नतिजा दिने गरी निजी क्षेत्रले दिएको सुझावलाई मनन गर्ने उहाँले बताउनु भयो । दोश्रो चौमासिकको अन्तिम समयसम्म कार्यक्रम कार्यान्वयन नहुने सम्भावना भएमा रकमान्तर गर्न प्रदेश सरकार बाध्य हुने मन्त्री बरालले चेतावनी दिनुभयो ।

 

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेशमा आर्थिक गतिविधि कम भएको बताउनु भयो । कर्जा प्रवाहमा ७.५ प्रतिशत मात्र भएको उहाँको भनाई छ । लगानी बढाउनु पर्ने, रोजगार सृजना गर्नुपर्ने, आम्दानी बढाउनु पर्ने मुल्मीको भनाई थियो । प्रदेश सरकार संघिय सरकारको दास नभएको उहाँको भनाई थियो ।

 

अर्थ मन्त्रालयले धेरै गृहकार्य गरी धेरै आर्थिक कृयाकलाप हुने स्थानमा संघिय सरकारसंग माग गर्नूपर्ने उहाँको भनाई थियो । नेपालको पर्यटनको ४ नम्वरमा पुगेको पूर्व अध्यक्ष मुल्मीको भनाई छ । राज्यको स्वरुप परिवर्तन गरी संघिय सरकारलाई दबाब दिन सक्नुपर्ने पूर्व अध्यक्ष मुल्मीले बताउनु भयो । संघिय संरचनाको हडल कर्मचारी तन्त्र समेत भएको उहाँले बताउनु भयो ।

 

श्रोत परिचालन गर्न सक्नुपर्ने मुल्मीले बताउनु भयो । संघिय सरकारले अधिकार प्रत्यायोजन गर्न सक्नु पर्ने उहाँको भनाई थियो । न्यायको लागि सशक्त्त प्रतिपात गर्नुपर्ने मुल्मीले जनाउनु भयो । एक अंकको सङख्यामा व्याजमा लगानीको वातावरण गर्न पहल गर्नु पर्ने उहाँले बताउनु भयो ।

 

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले यस चालु आर्थिक बर्षमा प्रदेश सरकारले ५ अर्ब आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य अनुरुपको राजश्व संकलन गर्ने अभियानमा निजी क्षेत्रसंगको सफलफल कार्यक्रम गरिएको बताउनु भयो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्राईले धेरै व्यवसयायीहरु पलायन हुने अबस्थामा पुगेकोले अब बैंक तथा विक्तिय संघ संस्थालाई सरकारले आफ्नो माताहातमा राख्नुपर्ने बताउनु भयो । फेवाताल वरिपरी फुटट्याक बनाउनु पर्ने, पर्यटकलाई आकषर्ण गर्न पर्यटन पूर्वाधार गर्न उहाँले आग्रह गर्नु भयो । क्रिसमश, अग्रेंजी नयाँ बर्षमा रत्न मन्दिर र हिमागृह खुल्ला गर्न बिषेश पहल गर्न अध्यक्ष भट्राईले आग्रह गर्नु भयो । उक्त अवसरमा व्यवसायीको माग अध्यक्ष भट्राईले मन्त्री बराललाई पेश गर्नु भयो ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष शुसिलराज पौडेलले राजश्व, पर्यटन शुल्कः हिमाल आरोहण, पर्यटकीय गतिविधिका राजश्व प्रदेश सरकारको माताहातमा ल्याउनु पर्नेमा सुझाव दिनु भयो । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले निती तथा कार्यक्रममा प्रथामिकता दिएको पर्यटन क्षेत्र बजेट विनियोजन गर्दा न्यून बजेट विनियोजन भएको गुनासो गर्नु भयो । कोरोनाले गर्दा ३० प्रतिशत व्यवसायी पलायन भएको र ८० प्रतिशत जसो मजदुर नै विस्थापित भएको उनले दाबी गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकीका शेसकान्त शर्माले दक्ष जनशत्ति अभावले गर्दा पर्यटकीय गतिविधि संचालनमा ठुलो चुनौतीको सामना गर्नु पर्ने बताउनु भयो । भिटोभ गण्डकीका अध्यक्ष उदय सुवेदीले पर्यटनसंग संवद्ध संघ संस्थाहरु यति वेला ठुलो मारमा परेको गुनासो गर्नु भयो । प्रदेश सरकारले ३ सय ४ वटा होम स्टेलाई सहयोग गरे पनि त्यसको प्रथामिकिकरण गरी प्रबद्र्धन गर्नुपर्ने उहाँले बताउनु भयो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्रदेशले ल्याएको राहत प्याकेज अन्र्तगत व्यवसायीक जीवन रक्षा कोष पहुच हुने वालाले मात्र फाइदा लिने गरेको आरोप लगाउनु भयो । टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष रामचन्द्र शर्मा व्यावसायीक जीवन रक्षा कोष वितरणमा अन्य बैंक तथा वित्तिय संस्थाहरुबाट सहज पहुच गर्नु पर्ने बताउनु भयो ।

नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जकान्त सिग्देलले पोखरामा क्षेत्रिय अन्तराष्टिय विमानस्थल संचालन गर्दा त्यसबाट प्रदेश सरकारले पर्यटन शुल्कः लिन सक्ने पूर्वाधार निर्माण गर्न सुझाव दिनुभयो । गण्डकी प्रदेशमा सवारी साधन दर्ता गर्ने राम्रो प्याकेज सहितको कार्यक्रम ल्याउन उहाँले बताउनु भयो । राष्टिय यातायात व्यवसायीक महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बरालले सार्वजनिक यातायात क्षेत्रमा सरकारले हेर्ने नजरमा परिवर्तन हुनुपर्ने बताउनु भयो ।

टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले पर्यटन क्षेत्रमा लोकप्रिय प्याकेज सार्वजनिक गरे पनि उक्त कार्यान्वयन फितलो भएको दाबी गर्नु भयो । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले २३ औं सडक पोखरा महोत्सव गर्ने तयारी भएकोले यसमा प्रदेश सरकारले अपनत्व लिन आग्रह गर्नुभयो । कोरोनाले गर्दा हाल आन्तरिक पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उहाँले बताउनु भयो । हवाई खेलकुद संस्था नाका इन्द्र भण्डारीले प्रदेशले ल्याएको व्यवसायीक जीवन रक्षा कोष प्रभावकारी नभएको गुनासो गर्नु भयो । पर्यटन व्यातायात व्यावसायी बबरजंङ गुरुङले अझै पनि भारतिय सवारी साधनहरु नेपालमा सिधै आउदा नेपालका यातायात व्यवसायी मर्कामा परेको गुनासो गर्नु भयो । कार्यक्रममा पर्यटन, यातायात लगातको सहभागिता रहेको मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले बताउनु भयो । व्यवसायीहरुले प्रदेश मातहातमा रहेका पर्यटकीय गन्तव्यहरुबाट संकलन हुने राजश्व प्रदेश सरकारको माताहातमा ल्याउनु पर्ने सुझाव समेत दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...