मादी गाउँपालिकाले बनाएको खेलग्रामको उद्घाटन, राष्ट्रपति रनिङशिल्ड सुरु

पोखरा, मंसिर १६ गते ।मादी गाउँपालिका कास्कीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका छात्रछात्राहरुको सहभागीता रहेको छ ।

 

प्रतियोगितामा छात्र भलिवल, छात्रा भलिवल र छेलो खेल समावेश गरी सञ्चालन गरिएको छ । मंसिर १५ गतेबाट सुरु प्रतियोगिता १७ गते मादी ४ वेतेनीमा गाउँपालिका स्तारीय खेलग्राममा संचालन भइरहेको छ ।

उक्त खेलामा अन्‍न‍पूर्ण मा वि मादी १ सिक्लेस दुधपोखरी मा वि सोंधा १ हिमालय मिलन मा वि मादी २ ताङ्तिङ सिताराम मावि मादी ३ यांजाकोट ध्रुव मावि मादी ४ तारकाङ महारुद्र मा वि ६ तप्राङ धनुवास कालिका मावि मादी ७ छाचोक हिमालय मावि मादी ९ गोर्जे जनकल्याण मावि मादी १० मकैखोला राष्ट्रज्योती मावि मादी ११ सैमराङ खेलकुद प्रतियोगितामा सहभागी भएका छन ।

 

प्रतियोगिताको ंउद्घाटन मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुगले गरे । यसैवीच गाँउपालिकाले निर्माण गरेको खेल ग्रामको समेत उद्घाटन गरिएको छ । मादी ४ वेतेनीमा गाउँपालिका स्तरीय खेलग्राममा निर्माण गरिएको हो । ग्रामको गाँउपालिका अध्यक्ष गुरुंगले नै उद्घाटन गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...