पोखरा, मंसिर १७ गते ।पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा जारी आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत महिला तर्फ शीष बरियताकी नेपाली खेलाडी सलोनी तामाङ फाईनल प्रवेश गरेकी छन् ।
शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा सलोनीले भारतीय खेलाडीलाई सोझो तर प्रतिस्पर्धात्मक जित निकाल्दै फाईनल प्रवेश गरेकी हुन ।
सलोनीले भारतीय खेलाडी सुखमणि भण्डारीलाई ७–६, ७–६ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन ।
पुरुष एकल तर्फको प्रतिस्पर्धामा स्वीडेनका एमिलियो जायलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।