काँग्रेस महाधिवेशन :प्रादेशिक नेतृत्व चयनका लागि आज मतदान

पोखरा, मङ्सिर १८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गर्न लागेको हो ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित गर्ने छ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन ।काँग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच प्रतिस्पर्धा कडा देखिन्छ ।

 

अधिवेशन अन्र्तगत गण्डकी प्रदेशको सभापति पदमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । जोशी सभापति देउवा र शर्मा पौडेल पक्षबाट उम्मेदवार बनेका छन् । जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ, नेत्र महत,महामन्त्रीबाट कुमार खड्का, ईश्वर पाण्डे उम्मेदवार रहेका छन् । यता पौडेल पक्षबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी रहेका छन् भने महामन्त्रीमा किरणबाबु श्रेष्ठ, विष्णुप्रसाद लामिछाने उम्मेदवार छन् ।

 

त्यस्तै महिला सहमहामन्त्रीमा जोशी पक्षबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट छन् । खुल्ला सहमहामन्त्रीमा जोशी प्यानलबाट राजनराज पन्त र झुलबहादुर आले तथा शर्मा प्यालनबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेदवारी परेको छ ।सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।५९ सदस्यीय समितिका निर्वाचित हुने छ भने २० प्रतिशत मनोनित हुने व्यवस्था काँग्रेस विधानले गरेको छ ।

 

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले एक हजार १६० मतदाताले ६८ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश निर्वाचन समिति सदस्य जीवनारायण अधिकारीका अनुसार काँग्रेस प्रदेश सभापति पदमा भरतकुमार शाह र अमरसिंह पुनमगरले उम्मेदवारी दिनुभएको छ । एक हजार ६४८ मतदाताले पदाधिकारीसहित ७७ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान गर्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...