पोखरा, मंसिर १८ गते ।सलोनी तामाङ पोखरा सम्पन्न आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फष्र्ट सर्किटको च्याम्पियन बनेकी छन्
।शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न फाईनल खेलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । उनी टेनिसमा नेपालमा शीर्ष बरियतामा रहेकी छन् ।
पुरुष तर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दैै च्याम्पियन बनेका छन् । एमिलियोले दासकलाई ६–२, ५–७ र ७–६,(३)को सेटमा पराजित गर्दै च्याम्पियन बने ।
महिला डबल्स तर्फको प्रतिस्पर्धामा नेपाली अभिषाला विष्ट र सलोनी तामाङको जोडीले नेपालकै ईशा श्री शाह र सर्वाणी श्रेष्ठको जोडीलार्य ६–१, ४–६ र सुपरटाईमा १०–७ को सेटले पराजित गर्दै उपाधि जिते ।
त्यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा अमेरिकाका मिथ्री बारोट र सिदार्थ लामाको जोडीले भारतीय कविर चाबरिया र दाकस प्रसादको जोडीलाई ७–६९७०,७–६९५०को सेटले पराजित गर्दै उपाधि जिते ।
च्याम्पियन र रनरअपलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ, सल्लाहकार बसन्त प्रधान, सुर्य भुजेल लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा जुनियर ५ मा विभिन्न १० देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।