अर्थमन्त्री बरालद्धारा पोखरा रंगशाला अवलोकन

पोखरा, मंसिर २४ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा रंगशाला अवलोकन गर्नु भएको छ । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ खेल अवलोकन गर्न टेनिस कोर्ट पुग्नु भएको मन्त्री बरालले शुक्रबार पोखरा रंगशालाको अवलोकन गर्नु भएको हो ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्र्तगत सेमीफाइनल खेल अवलोकन पश्चात मन्त्री बरालले टेनिस कोर्ट, टेनिसको भवन, निमार्णधिन प्रदेश खेलकुद परिषदको भवन, पोखरा फुटवल स्टुडियोको अवलोकन तथा भ्रमण गर्नु भएको हो ।

 

मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराई लगायतले रंगशालामा विभिन्न खेलकुद गतिविधि संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पहल गर्न आग्रह गर्नु भएको थियो ।

 

गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएको बताउदै मन्त्री बरालले यस्ता खेल गतिविधिले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । निजी क्षेत्र विना खेल र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न नसकिने बताउदै मन्त्री बरालले सरकारको थोरै पूंजिलाई उचित ढंगले सदुपयोग गरी निजीले सहयोग गर्नुपर्ने बताउनु भयो ।

 

गण्डकी प्रदेशका प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले पोखरा रंगशाला पर्खाल निर्माण निजी क्षेत्रबाटै भएको बताउदै पोखरा रंगशालामा एकै पटक समुह रुपमा खेल्न मिल्ने करिब ६ वटा खेल मैदान भएको बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...