सुर्य तारा भेट्रान्स कप फुटसल प्रतियोगिताको तयारी तिब्र

पोखरा, मंसिर २७ गते ।सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालले पहिलो पटक आयोजना गरेको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी तिव्र पारेको छ ।पोखरा २७ स्थित लेखनाथस्थित काइट्स स्पोर्टसमा यहि २०७८ पौष ३ र ४ गते आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अध्यक्ष बिष्णु पुनको सयोजकत्वमा ८५ सदस्यीय मुल आयोजक समिति गठन गरेको हो । साथै प्रतियोगिताको तयारीलाई तिव्रता दिन विविध उपसमिति गठन गरीएको क्लवले जनाएको छ ।

गठित प्रायोजक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्दिप कोईराला र सदस्यहरुमा मधु सुबेदी, लक्ष्मण सुनार, बिजय न्यौपाने, सुजनबाबु अधिकारी, रमेश ओझा, दिपक कार्की, दयाराम सापकोटा र गोबिन्द भुसाल रहेका छन् । त्यसैगरी स्वयंसेवक अफिसियल र मन्च ब्यबस्थापन उपसमितिको सयोजक कृष्ण प्रसाद अधिकारी र सदस्यहरुमा रामराज अधिकारी, किसोर सुनार, सुवास कडेल, सुजा गुरुङ, निजाम मिया, अमृत बराल, सन्तोष त्रीपाठी रहेका छन् ।

 

अतिथि सत्कार उपसमिती सयोजकमा मोहन सुबेदी र सदस्यहरुमा सरस्वती श्रेष्ठ, सुबास सापकोटा, प्रमोद भण्डारी, राजन सुबेदी रहेका छन् भने प्रचार प्रसार एवम छपाइ सयोजकमा बबिता सुबेदी र सदस्यहरुमा ध्रुव थापा, गजेन्द्र रानाभाट, जिवन तिवारी, रोशन अधिकारी र शंकर कोईराला रहेका छन् । टिम ब्यबस्थापन एबम सम्पर्क कार्यलय ब्यवस्थापन उपसमितीको संयोजकमा कपिलबाबु भण्डारी र सदस्यहरुमा चेतन कार्की, सुबिन तिमिल्सिना, निराजन बराल र प्रदीप सुबेदी तथा स्वास्थ्य ब्यबस्थापन उपसमिति सयोजकमा दिपेन्द्र पौडेल र सदस्यहरुमा रुद्ररमण रेग्मी, कुमार बहादुर क्षेत्री र बेदराज न्यौपाने रहेका छन् ।

 

३० बर्ष माथिका खेलाडी सहभागी हुन पाउने उक्त प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुन पाउने छ्न् । प्रतियोगितामा ३० वर्षका माथीको नेपाली नागरिक कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेट्रान्स खेलाडीले खेल्न पाउने अध्यक्ष पुनले जानकारी दिए ।

 

उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने छ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ । टिम दर्ताका लागि यहि पुष १ गते सम्मका लागि समय तोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...