पोखरा, पुस २ गते ।सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालले पहिलो पटक आयोजना गर्न लागेको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा २७ स्थित लेखनाथस्थित काइट्स स्पोर्टसमा भोलि शनिबारदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका शुक्रबार साँझ सार्वजनीक गरेको छ ।
सार्वजनीक खेल तालिका अनुसार आयोजक सुर्यतारा क्लव र शिशुवा भेट्रान्स क्लबवीच उद्घाटन खेल हुने भएको छ । त्यस्तै दोश्रो खेल ड्यामसाईड एफसी विरुद्ध तुलाचन एफसी खाल्टेमसिना मैदान उत्रने छ भने तेश्रो खेल बाराही एफसी र मर्दी एफसी वीच प्रतिस्पर्धा हुने सुर्य तारा क्लबले जनाएको छ । प्रतियोगिता ४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितालाई सफल बनाउन अध्यक्ष क्लबका बिष्णु पुनको सयोजकत्वमा ८५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
३० बर्ष माथिका खेलाडी सहभागी हुन पाउने उक्त प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुन पाउने छ्न् । प्रतियोगितामा ३० वर्षका माथीको नेपाली नागरिक कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेट्रान्स खेलाडीले खेल्न पाउने अध्यक्ष पुनले जानकारी दिए ।
उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने छ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ ।