पोखरा, पुस ४ गते ।सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालले आयोजना गरेको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि तुलाचन फुटबल क्लवले जितेको छ ।आइतवार भएको फाइनल खेलमा पोखरा १४ चाउथे (सि–१४)लाई ७–२ गोल अन्तरले पराजित गर्दै तुलाचन क्लवले उपाधि जितेको हो ।
उपाधि सङ्गै तुलाचन क्लवले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बन्न सफल चाउथे सि–१४ ले नगद २२ हजार २ सय २२ का साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको सूर्य तारा युवा क्लवका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।
यसै गरी प्रतियोगितामा तुलचन फुटबल क्लबका खेलाडी निश्चल तुलाचन सर्वोत्कृष्ट खेलाडी घोषित भए भने चाउथे सि १४ का सुबिन श्रेष्ठ सर्बाधिक गोलकर्ता घोषित भए । चीन फुटसल दिप अनुशासित टिम घोषित भयो । उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे ।