हिमदृश्य युवा क्लव रुपाले उचाल्यो वडास्तरिय भलिबको ट्रफी

लेखनाथ, पुस १४ गते ।रुपाताल तमु समाज पोखरा ३२ ले आयोजना गरेको साविक वडास्तरिय भलिबल प्रतियोगितामा हिमदृश्य युवा क्लव रुपा—६, कास्की प्रथम भएको छ । प्रथम भएको हिमदृश्य युवा क्लवले ४० हजार रुपैया पुरस्कार सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।


पौष ९ देखी शुरु भएको भलिबल प्रतियोगितामा पञ्चासे सेवा समाज कास्की द्धितिय र ध्रुवतारा युवा क्लव रुपा—६, भिरचोक तृतिय भएको छ । द्धितिय र तृतिय हुने समूहले २५ हजार र १५ हजार रुपैया नगद सहित मेडल र ट्रफि प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

 

विजयी सहभागी टिमलाई नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी विमल बस्यालले पुरस्कार बितरण गरेका थिए । उनले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सहयोग पुग्ने उल्लेख गरे ।

 

समाजका अध्यक्ष चेस बहादुर गुरुङ्गको अध्यक्षतमा भएको समापन तथा पुरस्कार बितरण समारोहमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङ्ग, नेपाली काग्रेस कास्की क्षेत्र नं. १ का सभापति राजेन्द्रमणि लामिछाने, खेल संयोजक आश बहादुर गुरुङ्ग, आर्थिक संयोजक रेशम बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रमको शुभारंभ गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले गरेका थिए । रुपाताल तमु समाजले तमुहरुको पर्व ल्होसारको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने समेत जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...