विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा प्रिन्स

काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिनुभएको हो ।

‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ ।

 

विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिनुभएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...