पोखरा, माघ ३ गते ।कास्की जिल्ला कोरोनो भाइरस संक्रमणको रेड जोनमा परेको छ । कास्कीमा संक्रिय संक्रमितको संख्या पाँच सय पुगेको छ । संक्रमितको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय कास्कीले सेमि लकडाउन गरेको छ । माघ १ गतेबाट कास्कीमा २५ जनाभन्दा बढि जम्मा भए गरिने सबै कार्यक्रम गर्न प्रतिबन्द लगाएको छ ।
२५ जना सहभागीहरु सबैले खोप लगाएका हुनुपर्ने बताएको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेकाले यहाँ कोरोनाको उच्च जोखिम रहेको छ । कास्कीमा सोमबारसम्म ८८० जना सक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमित ३७ हजार ८ सय मध्य ३६ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।कास्कीमा हालसम्म ६ सय २७ जनाको कोरोनाका कारण मृत्युभएको छ ।
कास्कीमा सोमबारमात्रै १ सय ८६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्यांजामा ६३, नवपरासीपूर्वमा ३४,गोरखामा ४५, तनहुँमा ३१ बागलुंमा ९ जना, पर्वत ३ जना, म्याग्दी २ जना र लम्जुंगमा ४ जना थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।