काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार ९२ नमुना (१८६१८ पीसीआर र ४४७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोहि अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म सक्रिय संक्रमितको संख्या ६५३७४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।काठमाडौं उपत्यकामा आज ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना संक्रमित थपिएका छन् ।त्यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय नयाँ संक्रमित थपिएका छन् ।