पोखरा, माघ ८ गते ।गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणको तेश्रो लहर तिव्र रुपमा फैलिएको छ । संक्रमणबाट सर्वसाधारणसंगै स्वास्थ्यकर्मीहरु समेत तेश्रो लहरबाट प्रभावित भएका छन् ।
गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म २ सय ६८ जना स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायल अन्र्तगत स्वास्थ्य निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मीको विवरण सार्वजनीक गरेको छ । गत पुस १७ गतेदेखि माघ ६ गतेसम्म २६८ जना संक्रमित भएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए ।
स्वास्थ्यकर्मीहरु संक्रमितभएपछि सेवा प्रभावित भएको छ ।संक्रमणदर बढ्दै गएपछि प्रदेशमा एम्बुलेन्स सेवा, हेलो डक्टर र चालक लगायत सेवा प्रभावित भएको छ । संक्रमित मध्य सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीका विभिन्न अस्पतालका १ सय ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।त्यस्तै तनहुँका ४२ जना, तनहुँका २० जना, स्यांंजाका १२ जना, पर्वतका १० जना, बाग्लुंगका ११ जना, म्याग्दीका ९ जना गोरखाका ६ जना, मुस्तांगका ३ जना गरी २६८ जना संक्रमित भएका छन् ।
संक्रमित सवै आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय जनाएको छ ।उनीहरु सवैको अवस्था सामान्य रहेको बताइएको छ । पोखरा ३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका १२ जनामा संक्रमण देखिएकोछ । अस्पतालमा उपचारका लागि कोभिडका १२ बिरामी रहेका छन् ।गण्डकी शिक्षण अस्पताल पृथ्वीचोकका २० स्वास्थ्यकर्मी संक्रमित छन । त्यस्तै अन्य अस्पतालका धेरै स्वास्थ्यकर्मीहरु संक्रमणमा परेका छन् ।